आईएमई लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

नेपालभ्युज

आईएमई लाइफ इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौँ वार्षिक साधारण सभा मिति २०७९÷१२÷६ गते सोमबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भयो।

सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८÷०७९ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ। लेखा परीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरू उपर छलफल गरी सो प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको छ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले आ. व. २०७९।८० को पुस मसान्त सम्मको अपरिस्कृत विवरण अनुसार बीमाकोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ पुगेको जानकारी दिए।
डा. अर्यालले कम्पनीका अगाडि भएका चुनौतीहरूका बारेमा पनि बताए। उनले सर्वसाधारणका निमित्त शेयर जारी गर्न भइरहेको आन्तरिक तयारी पनि अन्तिम अवस्थामा रहेको भन्नुहंदै जीवन बीमा कम्पनीहरू माझ अव्वल कम्पनीका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयांललेकम्पनिको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने कुरा बताए।

सभाको अन्तमा सभाका अध्यक्षले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने शेयर धनी महानुभावहरू, नियामक निकायहरू, समस्त बीमितहरु, बैंक तथा वित्तीय संस्थाहरू, पुनर्बीमा कम्पनी, कर्मचारीहरू, अभिकर्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै सभा विसर्जन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved