उपेन्द्रले भने-स्वच्छ राजनीति गर्नेलाई प्रोत्साहन मिल्यो

नेपालभ्युज

उपेन्द्रले भने-स्वच्छ राजनीति गर्नेलाई प्रोत्साहन मिल्यो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरुलाई प्रोत्साहन मिल्ने बताएका छन् । शुक्रवार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा रहेको बताए ।

उनले यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरुका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने बताए । उनले नवनिर्वाचित उपराष्ट्रपतिको विजय सबैको विजय भएको प्रतिक्रिया दिए ।

उनले भने-  ‘इमान्दारिता र स्वच्छ छविको प्रतिकको रुपमा उहाँ हुनुहुन्थ्यो र उहाँको यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ भविष्यमा, उहाँको यो विजय सबैको विजय हो ।’

त्यसैगरी सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति रामसहायप्रसाद यादवको विजयलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिए। उनले यादवको विजयमा गठबन्धन दलहरु खुशी भएको बताए ।

उनले भने- ‘  लोकतान्त्रिक प्रक्रियामा स्वभाविक रुपमा अरु उम्मेदवारहरु भन्दा उहाँले धेरै भोट ल्याउनुभयो र विजय प्राप्त गर्नुभयो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । हामी  नेपाली कांँग्रेस पार्टीको तर्फबाट निर्वाचित उपराष्ट्रपतिजीलाई धेरै धेरै बधाई दिन चाहन्छौँ । उहाँको कार्यकाल पूर्ण रुपमा सफल होस् । शुभकामना दिन चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved