सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं। बिहीबार सुनको मूल्य फेरि बढेको छ । आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved