लिग–२ : पीएनजीले दियो यूएईलाई २३५ रनको लक्ष्य, भालाको अर्धशतक

नेपालभ्युज

लिग–२ : पीएनजीले दियो यूएईलाई २३५ रनको लक्ष्य, भालाको अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनी पीएनजीले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा पीएनजीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २३४ रन बनाएको हो।

पीएनजीका लागि कप्तान असाद भालाले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६५ रनको योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नर्मन भनुवाले ४९ रनमा अविजित रहे। उनले ३१ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन बनाए।

यूएईका लागि हजरत बिलालले ४ तथा जवार फरिद र रोहन मुस्तफाले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved