माओवादी धारका पार्टीले नागरिक अगुवा र बुद्धिजिवीसँग छलफल गर्दै

गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

नेपालभ्युज

माओवादी धारका पार्टीले नागरिक अगुवा र बुद्धिजिवीसँग छलफल गर्दै

काठमाडौं।  माओवादी धारका नेताहरुले आज नागरिक अगुवा र बुद्धिजिवीहरुसँग छलफल गर्दैछन् ।

विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजिवी र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन् ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजिवीहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् भने आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बोलेको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि माओवादी आन्दोलनमा लागेका पार्टी र नेताहरु झस्किएका छन् ।

माओवादी धारका नेताहरुले यसअघि दुईपटक संयुक्त बैठक गरिसकेका छन् । उनीहरूले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको संयुक्त विरोध नाएका छन् ।

प्रचण्डविरुद्धको मुद्दामा निवेदकको माग बमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्च अदालतमा परेका दुईवटै रिटमाथि शुक्रबारको सुनुवाइ सकिएपछि यस्तो आदेश दिएको हो।  सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने प्रचण्डको नाममा आदेश जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved