लिग–२ मा नेपालको पीएनजीमाथि कीर्तिमानी जित, आसिफको ५३ रन

नेपालभ्युज

लिग–२ मा नेपालको पीएनजीमाथि कीर्तिमानी जित, आसिफको ५३ रन

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले पपुवा न्युगिनी पीएनजीमाथि कीर्तिमानी जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो।

यससँगै नेपाल ३८ अंकसहित चौथो स्थानमा रहेको छ। अब नेपालले बाँकी १ खेल जितेमा शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ।

एक दिवसीयमा लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेटको जित पहिलोपटक हासिल हो । यसअघि, घरेलु मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

९६ रनको सामान्य लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको लागि आसिफ शेखले अविजित ५३ र कुशल भूर्तेलले ३३ रनको योगदान गरे।

आसिफले २१ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे। कुशल मल्ल भने १२ रनमा अविजित रहे । पीएनजीको लागि च्याड सोपरले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको पीएनजी ३२ओभरमा ९५ रनमा अलआउट भयो । पीएनजीका कप्तान असाद भालाले २० र सेसे बाउले १८ रनको योगदान गरे । अन्यको ब्याटिङ उल्लेख्य रहेन ।

सन्दीप लामिछानेले ५ विकेट लिएपछि पीएनजी सस्तैमा अलआउट भएको हो । कुशल मल्ल र ललित राजवंशीले २–२, तथा सोमपाल कामीले १ विकेट लिए ।

३१औं ओभरको अन्तिम बलमा सेमो कामियालाई क्लिन बोल्ड गर्दै सन्दीपले फाइफर पुरा गरे । १० ओभर बलिङ गरेका उनले २५ रन मात्रै दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved