बङ्गलादेशले जित्यो इङ्ल्यान्डविरुद्धको टी–२० सिरिज

नेपालभ्युज

बङ्गलादेशले जित्यो इङ्ल्यान्डविरुद्धको टी–२० सिरिज

काठमाडौं। इङ्ल्यान्डविरुद्धको ३ खेलको टी–२० सिरिज बङ्गलादेशले जितेको छ । लगातार दुई खेल जितेर बङ्गलादेशले एक खेल अघि नै सिरिज जितेको हो ।

मिरपुरमा भएको दोस्रो खेलमा घरेलु टोलीले इङ्ल्यान्डलाई ४ विकेटले पराजित गरेको छ ।

११८ रनको लक्ष्य बङ्गलादेशले ७ बल बाँकी रहँदा ६ विकेट क्षतिमा पुरा गरेको हो । बङ्गलादेशका नजमुल होसेन शान्तोले अविजित ४६ रन बनाए । इङ्ल्यान्डका जाफ्रा आर्चरले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इङ्ल्यान्ड पुरै ओभर खेलेर ११७ रनमा अलआउट भयो । इङ्ल्याण्डका बेन डकेटले २८ र फिल साल्टले २५ रन जोडे । बङ्गलादेशका मेहेदी हसन मिराजले ४ विकेट लिए।

पहिलो खेलमा बङ्गलादेशले ६ विकेटको जित हासिल गरेको थियो । यसअघि ३ एकदिवसीय खेलको सिरिज इङ्ल्यान्डले २–१ ले जितेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved