पारस खड्का सम्मिलित एसिया लायन्सले इन्डिया महाराजलाई हरायो

नेपालभ्युज

पारस खड्का सम्मिलित एसिया लायन्सले इन्डिया महाराजलाई हरायो

काठमाडौं। लेजेन्ड्स क्रिकेट लिग २०२३ को पहिलो खेलमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले इन्डिया महाराजसलाई ९ रनले पराजित गरेको छ ।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । भारतका कप्तान गौतम गम्भीरले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

मुरली विजय १९ बलमा ३ चौका र १ छक्कासहित २५ र सुरेश रैना ३ रनमा आउट भए । मोहम्मद कैफ लङअनमा पारस खड्काबाट २२ रनमा क्याच आउट भए । एसियाका सोहेल तनविरले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

एसियाका मिस्बाह उल हकले ५० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । नेपालका पूर्व कप्तान पारस खड्का भने २ बलमा ३ रनमा अविजित रहे ।

एसिया लायन्सले अव वल्र्ड जायन्ट्ससँग सोमबार खेल्नेछ । जायन्ट्समा आरोन फिन्च, हसिम अमला, क्रिस गेल, ब्रेट ली, ज्याकक्विस क्वालिस र शेन वाटसन जस्ता चर्चित टोली छन् । तीन टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved