ओखरबाट धेरै लाभ पाउन यसरी खाने

नेपालभ्युज

ओखरबाट धेरै लाभ पाउन यसरी खाने

एजेन्सी । प्रायःजसो हामीले ओखर खाँदा ओखरलाई फुटाल्छौं र त्यसको बोक्रा फालेर गुदी खाने गर्दछौं । सामान्य रुपमा खाने तरिका यही नै हो ।

तर यसबाट अझ धेरै लाभ पाउनका लागि रातभर पानीमा भिजाएर राख्नुपर्दछ । बिहान उक्त भिजेको ओखर खाने गर्दा धेरै फाइदा हुन्छ । ओखरलाई भिजाएर खाँदा शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।

सामान्य ओखरको तुलनामा भिजाएको ओखर पचाउन पनि सजिलो हुन्छ । शरीरले भिजेको ओखरबाट पोषक तत्वहरुलाई राम्रो तरिकाले लिन सक्छ ।

ओखरमा ओमेगा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ । जसले तनाव तथा चिन्तालाई रोक्ने काम गर्दछ । यसमा अल्फा लिनोलेनिक एसिड पनि पाइन्छ जसले तपाईंको हड्डी तथा दाँतलाई बलियो बनाउने काम गर्छ ।

दिनहुँ कति ओखर खानु पर्दछ ?

२ देखि ४ वटा ओखरका टुक्रालाई एक कप पानीमा भिजाएर रातभर राख्ने र बिहान त्यसको सेवन गर्ने । तपाईं यसलाई रातमा सुत्नु भन्दा अघि दुधसँग पनि लिन सक्नुहुन्छ । यदि रातमा भिजाउन बिर्सनु भयो भने दिनमा ५–६ घण्टा भिजाएर साँझ सेवन गर्न पनि सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved