टमाटर छालामा लगाउँदा बेफाइदा पनि हुन्छ

नेपालभ्युज

टमाटर छालामा लगाउँदा बेफाइदा पनि हुन्छ

एजेन्सी । इन्टरनेटमा तपाईंले टमाटर छालामा लगाउँदाका फाइदा त धेरै पढ्नुभएको छ होला । छालाका लागि टमाटर फाइदाजनक त हुन्छ । तर कस्तो छाला हो विचार नगरी अनेक उपाय प्रयोग गर्दा बेफाइदा पनि हुन सक्छ ।

त्यसैले यसलाई लगाउनु अघि तपाईंले आफ्नो छालाको जाँच गर्न एकदमै जरुरी हुन्छ । आउनुहोस् आज जानौं टमाटर लगाउँदा छालामा कस्ता खालका बेफाइदा हुन्छन् ।

चिलाउने समस्या

कतिपय संवेदनशील छाला भएका व्यक्तिमा यसले फाइदा भन्दा बेफाइदा पनि गर्न सक्छ । टमाटरमा पाइने तत्वले छाला चिलाउने तथा जलन हुने खालको समस्या पनि हुन सक्छ । त्यसैले यदि तपाईंको छाला संवेदनशील छ भने डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

आँखा र ओंठमा जलन

यदि छालाको एज् मात्रा कम हुँदाहुँदै पनि तपाईंले टमाटर लगाउनुहुन्छ भने आँखा तथा ओंठमा जलनको कारण बन्न सक्छ ।

दागधब्बा आउन सक्छ

टमाटरको प्रयोग गर्नुभन्दा पहिला जहिले पनि एकपटक परिक्षण गर्न आवश्यक छ । किनकी टमाटरको अमिलोपन तथा अन्य कारणले पनि कहिलेकाँही छालामा विभिन्न दाग तथा डाबर आउन सक्छ । त्यसैले पहिला थोरै छालामा केहीबेर लगाएर हेर्नुहोस् ।

एलर्जीको समस्या

टमाटरका कारण कतिपयलाई एलर्जी पनि हुन सक्छ । जसले गर्दा छाला सुन्निने तथा रातो हुने समस्या हुन सक्छ । त्यसैले सबैको छालामा सबै चीज सही हुन्न भन्ने जरुरी हुँदैन । टमाटरसँग एलर्जी हुन्छ भने तपाईं अरु केही प्रयोग गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved