राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपालभ्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् । ‘गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्थामा श्रम गरे उक्त अवस्थाको अन्त्य हुन्छ’, उनले भने ।

नेता पौडेलले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गरे । उनले श्रम गर्ने जनतालाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि श्रम आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved