सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

पक्षमा ४१, विपक्षमा ११ मत

नेपालभ्युज

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री शाहले नेकपा एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा उपस्थित ५२ सांसद मध्य मुख्यमन्त्री शाहको पक्षमा ४१ मत परेको थियो। यसैगरी, विपक्षमा ११ मत परेको थियो ।

शाहले पाएको यो मत कुल संख्या ५३ को दुईतिहाइ भन्दा बढी हो। केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका थिए।

बिहानसम्म माओवादी र नाउपाको समेत समर्थन लिन नसकेका शाहले एकाएक दुईतिहाइ मत पाउनुमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको भूमिका मुख्य रहेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved