अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट

नेपालभ्युज

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभबीच भेट

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलोपटक आमने-सामने कुराकानी भएको बताइएको छ।

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा सामान्य कुराकानी भएको बताइएको छ ।

“लाभरोभले जी-२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गर्नु भएको हो । यद्यपि, त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,” द टाइम्स अफ इन्डियाले एक रुसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्व अमेरिकी मरिन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ।

तर, रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ ।
– /रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved