पशुपति क्षेत्र विकास कोषको बालेनलाई पत्र- अतिक्रमित संरचना हटाइदिनु

नेपालभ्युज

पशुपति क्षेत्र विकास कोषको बालेनलाई पत्र- अतिक्रमित संरचना हटाइदिनु

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानमा अनधिकृत रूपमा निर्माण भएका अतिक्रमित संरचना हटाइदिन आग्रह गर्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।

बिहीबार कोषले बालेन्द्र शाहलाई उक्त पत्र पठाउँदै यसअघि पशुपति क्षेत्रमा मापदण्डविपरीतका अतिक्रमित संरचना हटाइदिएको  धन्यवाद समेत दिएको छ ।

‘पशुपति क्षेत्र विकास कोषअन्तर्गत विभिन्न स्थानहरूमा अनधिकृत रूपमा निर्माण गरिएका अतिक्रमित संरचनाहरू अझै केही बाँकी रहेकोले सो संरचनाहरू हटाई पशुपति क्षेत्रको सौन्दर्यकरणमा सहयोग गरिदिनुहुन अनुरोध छ,’  पत्रमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved