लिग-२ क्रिकेट : युएईविरुद्ध नेपालले पायो २०८ रनको लक्ष्य

लिग २ क्रिकेटमा नेपालले यसअघि लगातार पाँच खेल जितिसकेको छ । यो खेल जितेमा एकदिवसीय मान्यता जोगाउन नेपाललाई सहज हुनेछ । 

नेपालभ्युज

लिग-२ क्रिकेट : युएईविरुद्ध नेपालले पायो २०८ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा युएईविरुद्ध नेपालले २०८ रनको लक्ष्य पाएको छ । एकदिवसीय मान्यता बचाउन यो खेल नेपालका लागि निकै महत्वपुर्ण छ ।

दुबईमा जारी खेलमा युएईले पुरै ओभर खेलेर ८ विकेट  गुमाउँदै २०७ रन बनाएको हो । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै करण केसी, आरिफ सेख र कुशल मल्लका नाममा १-१ विकेट गयो ।

कसिलो बलिङ गरेको नेपालले युएईका ब्याट्स्म्यानलाई कुनै पनि बेला खुलेर खेल्न दिएन । युएईका लागि ओपनर आसिफ खानले  ७२ र रोहन मुस्तफाले अविजित ५२ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

लिग २ क्रिकेटमा नेपालले यसअघि लगातार पाँच खेल जितिसकेको छ । यो खेल जितेमा एकदिवसीय मान्यता जोगाउन नेपाललाई सहज हुनेछ ।

पीएनजीसँग पराजित भएपछि युएई दबाबमा छ । उसका लागि पनि यो खेल महत्वपुर्ण छ । नेपाल विजयी भए तालिकामा युएईलाई उछिनेर पाँचौ स्थानमा उक्लिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved