हङकङमा अनिवार्य मास्कको नियम ९४५ दिनपछि अन्त्य

नेपालभ्युज

हङकङमा अनिवार्य मास्कको नियम ९४५ दिनपछि अन्त्य

काठमाडौं । हङकङमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाइएको छ । ९४५ दिनपछि यस्तो नियम हटाइएको हो ।

योसँगै कोरोना महामारीबाट लामो समयदेखि लागेका सबै प्रतिवन्ध अन्त्य भएको घोषणा पनि गरिएको छ ।

हङकङका नेता जान लीले अव कोभिड नियन्त्रणमा आएको र फेरि फैलने कुनै संकेत नरहेको बताएका छन् ।

हङकङमा सन २०२० को जुलाईबाट मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो । मास्क नलगाउनेलाई १ हजार डलरसम्म जरिवाना तोकिएको थियो ।

कोरोनासँग लड्न हङकङले चीनका प्रयासलाई नै पछ्याएको थियो । जसमा शुन्य कोभिड रणनीति पनि सामेल थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved