जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिएकाछन्।

नेपालभ्युज

जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

एजेन्सी । जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिएकाछन्।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काकाबीच जापान सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो।

महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आउँदो आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि १ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको रकम छुट्याएको जानकारी दिएका थिए।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता विस्तार गर्न चाहेको विश्लेषण हुँदै आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved