यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

नेपालभ्युज

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं। यू–१९ पुरुष विश्वकप एसियाली छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ। यूएईस्थित मलेक क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

१२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि आकाश त्रिपाठीले ७२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६४ रनको योगदान गरे। उत्तम रङ्गु थापा मगरले ५० बलमा ४ चौका प्रहार गर्दै ३९ रन बनाए। अर्जुन कुमालले १२ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडे।

हङकङका लागि ड्यानियल मोर्गनले १ विकेट लिए। पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा १२० रनमा अलआउट भएको हो। हङकङका लागि पार्थ भागवतले ३६ र अलियान जाहिरले ६७ रन बनाए।

नेपालको लागि हेमन्त धामीले ३, सुवास भण्डारी र आकाश चन्दले २–२, दीपेश कँडेलले १ विकेट लिए।  यसअघि, छनोटमा नेपालले शुक्रबार सिंगापुरलाई र शनिबार कुवेतलाई पराजित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved