दिल्लीका उप मुख्यमन्त्री सिसोदिया पक्राउ, आपका कार्यकर्ता प्रदर्शनमा उत्रिए

नेपालभ्युज

दिल्लीका उप मुख्यमन्त्री सिसोदिया पक्राउ, आपका कार्यकर्ता प्रदर्शनमा उत्रिए

काठमाडौं । भारतको दिल्लीका उप मुख्यमन्त्री मनीष सिसोदियालाई त्यहाँको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले हिरासतमा लिएको छ ।

कथित मदिरा घोटालाको आरोपमा आम आदमी पार्टी आपका दोस्रो ठुलो नेता सिसोदियालाई पक्राउ गरिएको हो । आप र विपक्षी दलले यसलाई राजनीति प्रेरित भन्दै कडा निन्दा गरेका छन् ।

सीबीआईले आइतबार सिसोदियालाई सोधपुछका लागि भनेर बोलाएको थियो । तर बेलुका उनलाई त्यहीबाट हिरासतमा लिइएको हो । सिसोदियाले सीबीआइको कार्यालय जानु अगाडी नै आज आफूलाई गिरफ्तार गर्न सकिने बताएका थिए ।

आम आदमी पार्टीले सिसोदियाको गिरफ्तारीप्रति कडा प्रतिक्रिया दिएको छ । उसले सरकारको रवैया तानाशाही भएको भन्दै लोकतन्त्रका लागि कालो दिन भनेको छ ।

आपका प्रमुख अरविन्द केजरीवालले मनिष निर्दोष रहेको भन्दै यो गिरफ्तारीले आम नागरिक आक्रोशमा रहेको बताएका छन् । उनले आफूहरुको संघर्ष कमजोर नहुने भन्दै कडा जवाफ दिने पनि चेतावनी दिएका छन् ।

भाजपाका नेताहरुले भने अब केजरीवालको पालो  आउने चेतावनी दिँदै सिसोदियाको गिरफ्तारीमा खुसीयाली मनाएका छन् ।

दिल्लीमा आपका कार्यकर्ताले प्रदर्शन गरेका छन् । सीबीआइ मुख्यालय लगायतका स्थानमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved