चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

नेपालभ्युज

चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं। केपी ओली कपमा मछिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा मछिन्द्रले चर्च ब्वाईज युनाइटेडलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रको लागि सुजल श्रेष्ठ र रञ्जित धिमालले गोल गरे। खेलको १६औँ मिनेटमा सुजलले फ्रि किकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। ३९ औँ मिनेटमा रन्जित धिमालले मछिन्द्रको लागि दोस्रो गोल गरे।

६४औँ मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले आत्मघाती गोल गर्दा चर्च ब्वाइजलाई १ गोलको फाइदा पुगेको थियो।
यससँगै फागुन १५ मा हुने दोस्रो सेमिफाइनलमा मछिन्द्रले स्थान पक्का गरेको हो।

शनिबार हुने खेलमा केपी ओली फुटबल क्लब र जावलाखेल युथ क्लब दिउँसो ३ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved