केपी ओलीलाई कारबाही गर्न दुर्गा प्रसाईंको माग

नेपालभ्युज

केपी ओलीलाई कारबाही गर्न दुर्गा प्रसाईंको माग

काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंले राजावादीसँग गठबन्धन गरेको भन्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही हुनुपर्ने माग गरेका छन्।

आफूले पूर्वराजाबाट अभियान सुरु गर्दा कारबाहीमा परेको दुखेसो पोख्दै उनले राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने दाबी गरेका हुन् । प्रसाईं एमालेका केन्द्रीय सदस्य हुन् । उनलाई केही दिन अघि पार्टीले निष्कासन गरेको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ महाअभियान सुरु गरेका प्रसाईंले बुधबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओली माथि कारबाही हुनुपर्ने जिकिर गरेका हुन्।

प्रसाईंले एउटै कुरामा ओलीलाई बचाउने आफूलाई सिध्याउने किन ? भन्ने प्रश्न गर्दै सभामा भने–‘केपी (हजुरबुबा) ले मलाई पानसमा पूर्वराजालाई दियो बाल्न लगायो भनेर कारबाही गर्न लगाउने तर आफूले चाहिँ राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्ने अनी कारबाही हुनुपर्ने होइन र ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved