रवि लामिछानेको पार्टीमा ६ महिनामै जिल्ला सभापति परिवर्तन

नेपालभ्युज

रवि लामिछानेको पार्टीमा ६ महिनामै जिल्ला सभापति परिवर्तन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला सभापतिले पार्टी छाडेको केही समयमा नै मकवानपुरका पार्टी सभापति पनि हटाइएका छन्।

सो पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई हटाई पार्टीले भरत पराजुलीलाई जिल्ला सभापति बनाएको छ । न्यौपाने गत साउन २८ गते मात्र पार्टी सभापति भएका थिए।

सभापति न्यौपानेले मंसिर ४ को आम निर्वाचनमा कांग्रेससँग मिलेमतो गरेर पार्टीको उम्मेदवार हराएको आरोप छ । सोही आरोपसँगै रास्वपा मकवानपुर जिल्ला कार्यसमिति सदस्यसहित अन्य पदाधिकारीले न्यौपानेको राजीनामा माग गर्दै केन्द्रीय सभापति रवि लामिछानेसमक्ष हस्ताक्षर बुझाएका थिए।

सोही आरोपलाई आधार बनाएर न्यौपानेको स्थानमा भरत पराजुलीलाई रास्वपा मकवानपुर जिल्ला सभापति बनाइएको हो। सभापति न्यौपानेले पार्टी हितविपरीत काम गरेका कारण विवाद उत्पन्न भएको र विवाद मिलाउन पराजुलीलाई सभापति चयन गरिएको एक नेताले बताए ।

तर, न्यौपानेले भने पार्टीभित्रको अन्तरद्वन्द्वका कारण आफूले स्वच्छाले नै पदबाट राजीनामा दिएको बताउँदै आएका छन्। अलिकति पार्टीको कारण र केही आफ्नै व्यक्तिगत कामका कारण राजीनामा दिएको उनको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved