एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत काठमाडौंमा गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
बडालले ९ सय ६२ मत पाएर भने अर्का प्रतिष्पर्धी आरसी लामिछानेले ३ सय ५६ मत र मोती विकले ७८ मत पाए ।

नेपालभ्युज

एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत काठमाडौंमा गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

बडालले ९ सय ६२ मत पाएर भने अर्का प्रतिष्पर्धी आरसी लामिछानेले ३ सय ५६ मत र मोती विकले ७८ मत पाए ।

त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved