सांसद भण्डारीलाई एम्बुलेन्समा विमानस्थल लगियो (तस्वीरहरू)

नेपालभ्युज

सांसद भण्डारीलाई एम्बुलेन्समा विमानस्थल लगियो (तस्वीरहरू)

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान कीर्तिपुरस्थित बर्न अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ ।

बुधबार राति जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिएको छ। केहीबेरमा श्री एयरको एयर एम्बुलेन्स मार्फत उनलाई मुम्बई लैजाने तयारी छ ।

भण्डारीलाई त्यहाँको नेसनल वर्न सेन्टरमा उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनको उपचार टिममा डा. प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. बृहस्पति (एनेस्थेसिया एन्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर ईएमएस) सहभागी रहने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स ईआर) पनि उपचार टोलीमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved