सरकारी वकिल कार्यालयले भन्यो – रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्नुपर्दैन

विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको भन्दै युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेका थिए। प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यसपछि उनी सरकारी वकिल कार्यालयमा पुगेका थिए।

नेपालभ्युज

सरकारी वकिल कार्यालयले भन्यो – रवि लामिछानेको राहदानीबारे जाहेरी दर्ता गर्नुपर्दैन

काठमाडौं। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले रवि लामिछानेको पासपोर्ट विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज सफलले दिएको जाहेरी दर्ता गर्न नपर्ने निष्कर्षे निकालेको छ। यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ।

विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको भन्दै युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेका थिए। प्रहरीले दर्ता गर्न मानेको थिएन। त्यसपछि उनी सरकारी वकिल कार्यालयमा पुगेका थिए।

महान्यायाधिवक्ता अच्युतमणि नेउपानले युवराज पौडेललाई दिएको जानकारी पत्रमा यस कार्यालयमा केही गर्न नपर्ने भनिएको छ।

पत्रमा भनिएको छ ‘‘तपाईँले यस कार्यालयमा मिति २०७९÷१०÷२४ मा पेस गर्नुभएको जाहेरी दरखास्तउपर जिल्ला प्रहरी परिसर, काठमाडौंमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्तउपर यस कार्यालयमा केही गर्न नपर्ने ब्यहोरा जानकारी गराइन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved