महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न, टिम कोड क्राफ्टर्स प्रथम

नेपालभ्युज

महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न, टिम कोड क्राफ्टर्स प्रथम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । प्रतियोगितामा देशका विभिन्न ठाउँका ४८ सहभागीहरूले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरुमा काम गरेका छन् ।

ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समूहहरुको पिचिङ् पश्चात विजयी समूहहरुको घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँ सहित प्रथम पुरस्कार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ । त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रो स्थानमा रहँदै एक लाख रकम जितेको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेस्रो स्थान हासिल गर्दै ७५ रुपैयाँ जितेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरुलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न र उनीहरुमा रचनात्मकता बढाउन सहयोग गरेको बताए । ‘यो कार्यक्रम महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ,’ उनले भने, ‘यसले महिला र नन–बाइनरी छात्राहरुलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ ।’

महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो । यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व र आबद्धता बढाउँदै डिजिटल अर्थतन्त्रमा महिलाहरूको समान सहभागितालाई बढाउन मद्दत गर्ने र समाज र अर्थतन्त्रलाई फाइदा पुर्‍याउने आयोजकको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved