निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या

नेपालभ्युज

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या

कैलाली। निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या आएको छ । आँखामा समस्या आएपछि अहिले उनलाई अस्पताल लगिएको छ ।

केही बेर अघि धनगढी स्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए

कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन् ।

२०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved