सुदूरपश्चिममा २५ गते विश्वासको मत लिने तयारी, पावर सेयरिङबारे आज निर्णय हुने

नेपालभ्युज

सुदूरपश्चिममा २५ गते विश्वासको मत लिने तयारी, पावर सेयरिङबारे आज निर्णय हुने

धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री लाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टी केही लचक देखिएपछि मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् ।

प्रदेशको मुख्यमन्त्रीमा पुस २७ गते नियुक्त भएको मुख्यमन्त्री रावलले विश्वासको मत पाउन २ पटक काठमाडौं पुगेर शीर्ष तहका नेतासँग छलफल गरेका थिए ।  सुदूरपश्चिम बाहेकका ६ वटै प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिइसक्दा उनि मात्र एक्ला मुख्यमन्त्री थिए जसले विश्वासको मत लिन सकेका थिएनन्छै ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान भएपछि मुख्यमन्त्री संकटमा परेका परेका थिए । तर, टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति केही लचक भएको छ ।

अहिलेसम्म विश्वासको मत दिने विषयमा निर्णय नभए पनि यस बिषयमा नागरिक उन्मुक्ति केही सकारात्मक रहेको सत्ता गठबन्धनका नेताहरूको बुझाइ छ । माओवादी केन्द्र बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य अक्कल रावलले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए ।

पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ । सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved