जनकपुरबाट एक मिटरब्याजी हतियारसहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१ का ४१ वर्षीय दिलिप साहलाई प्रहरीले हतियार र नक्कली कागजातसहित पक्राउ गरेको हो ।

नेपालभ्युज

जनकपुरबाट एक मिटरब्याजी हतियारसहित पक्राउ

जनकपुधाम । धनुषाबाट एक मिटरब्याजी हतियारसहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१ का ४१ वर्षीय दिलिप साहलाई प्रहरीले हतियार र नक्कली कागजातसहित पक्राउ गरेको हो ।

प्रहरीले साहको घर तथा पसल खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागजिनमा लाग्ने गोली १ थान र म्यागजिनको खोका १ थान बरामद गरेको छ।

यस्तै उनको घरबाट कपाली तमसुक, जग्गाधनी पुर्जाहरू, खाली चेक लगायतका कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिले मिटरब्याजी साह उपर उजुरी दिएका थिए । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved