परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

नेपालभ्युज

परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गरेकि छन् ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी  उनले शनिबार साँझ राष्ट्रपति विक्रमासिङ्घेसँग भेट गरेकी हुन् । भेटमा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदान–प्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी थिईन् ।

साथै मन्त्री पौड्यालले श्रीलङ्काको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिन् ।

ती देशहरूका विदेशमन्त्रीहरूसँगको भेटमा उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा जोड दिएको मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्काका प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकी थिईन् । परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्काकाको भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कनेछिन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved