प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं। बुधबार नेपाली बजारमा सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । आज पाँच सय रुपैयाँले बढ्दै  पुनः १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved