निर्माणाधीन अरुण तेस्रोको सुरुङ भत्किंदा एकको मृत्यु, दुई घाइते

नेपालभ्युज

निर्माणाधीन अरुण तेस्रोको सुरुङ भत्किंदा एकको मृत्यु, दुई घाइते

काठमाडौं  ।  संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेश्रोको सुरुङ भत्किएको छ ।

मंगलबार बिहान सुरुङ भत्किएर भएको दुर्घटनामा एक जना कामदारको मृत्यु र   २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पावरहाउस रहेको  चिचिलाको पुखुवास्थित सुरुङमा भएको सो दुर्घटनामा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो ।

यस्तै घाइते हुनेमा  भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ रहेका छन् ।

प्रहरीका अनुसार  घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved