१५.७० अंकले घट्यो सेयर बजार

नेपालभ्युज

काठमाडौं। मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । बजार परिसूचक नेप्से १५.७० अंकले घटेर २१११.६८ को बिन्दुमा बन्द भएको छ ।

मंगलबार कुल कारोबार रकम पनि २ अर्ब ८२ करोड ४५ लाखमा सीमित भएको छ। सोमबार ८८ लाख ३६ हजार ४८८ कित्ता धितोपत्र किनबेच हुँदा ३ अर्ब ३० करोड २२ लाख १ हजारको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका २५९ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५७ कम्पनीको मूल्य बढेको र ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कारोबारमा आएका १३ उपसमूहमध्ये मंगलबार हाइड्रोपावरबाहेकका सबै उपसमूह राताम्मे भए । घटेको बजारमा पनि आदर्श लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्योरेन्स र इस्टर्न हाइड्रोका सेयरधनीले मंगलबारको बजारमा नाफा कमाए ।

प्राइम लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीका सेयरधनी आजको बजारमा धेरै गुमाउनेमा परे । यी कम्पनीहरूको सेयरमूल्य मंगलबार ४.३७ देखि ५.२१ प्रतिशतसम्मले घटेको थियो । रिडी पावर कम्पनीको सेयरमा दोस्रो बजारको आकर्षण थियो । यो कम्पनीको १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved