रविलाई पुन: सभापति घोषणा गर्दै रास्वपा

नेपालभ्युज

रविलाई पुन: सभापति घोषणा गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेलाई सभापति घोषणा गर्ने तयारी गरेको छ । उनलाई आजै सभापति घोषणा गर्न लागिएको प्रवक्ता मुकुल ढकालले बताए ।

नागरिकता विवाद मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रविको सभापति पद पनि गुमेको थियो । उनले आजमात्रै नागरिकता पुनर्प्राप्ति गरेका छन्, यसपछि उनलाई पुन: सभापति घोषणा गर्न लागिएको हो ।

प्रवक्ता ढकालले भनेका छन्, ‘नागरिकता लिएर फर्किनेबित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गर्ने कार्यक्रम छ ।’ रविलाई पार्टी सभापति घोषणा गर्न ३ बजे रास्वपाले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved