शेयर बजार दोहोरो अंकले बढ्यो

नेपालभ्युज

शेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौं। बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ । मंगलबारदेखि बढेको बजार आज २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो ।   बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ । बुधबार सबैभन्दा धेरै होटेल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् ।

यस दिन ग्रिनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० प्रतिशतले घट्यो । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved