आत्मदाह प्रयास गरेका आचार्यको अवस्था गम्भीर, राज्यमन्त्री तोसिमा अस्पतालमा

नेपाल भ्युज

आत्मदाह प्रयास गरेका आचार्यको अवस्था गम्भीर, राज्यमन्त्री तोसिमा अस्पतालमा
मंगलबार राति घाइते आचार्यलाई भेट्न पुगेकी स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की

काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेम आचार्यको स्वास्थ अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

आचार्यको स्वास्थ्य अवस्था बुझ्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की कीर्तिपुर अस्पतालमा पुगेकी छिन् । मन्त्री कार्कीलाई जानकारी दिँदै अस्पतालका चिकित्सक डा. सुरेन्द्र जङ्ग बस्नेतले आचार्यको ८० प्रतिशत भाग जलेको बताए । यद्यपि उनी होसमा रहेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

राज्यमन्री कार्कीले उपचारमा कुनै कसुर नराख्न अस्पताललाई निर्देशन दिँदै भनिन्, ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’

आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनले मंगलबार दिउँसो काठमाडौँको बानेश्वरमा आत्मदाहको प्रयास गरेका हुन् ।

इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उद्धार गरेको थियो ।

आत्महत्याको पनि ‘खतरनाक’ शैली आत्मदाह, किन बढ्दै छ ?

संसद् भवनअगाडि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

‘देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ’ भन्दै आफैँलाई जलाए प्रेमले


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved