संसद् भवनअगाडि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

नेपालभ्युज

संसद् भवनअगाडि एक व्यक्तिले गरे आत्मदाहको प्रयास

काठमाडौं। बानेश्वरस्थित संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् भवनबाट बाहिर निस्केलगत्तै आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर लगेका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved