भारत स्वतन्त्र भएको वार्षिकोत्समा सांगीतिक कार्यक्रम, प्रधानमन्त्री देखी पूर्वप्रधानमन्त्रीहरुसम्म (तस्विरहरु)

नेपालभ्युज

भारत स्वतन्त्र भएको वार्षिकोत्समा सांगीतिक कार्यक्रम, प्रधानमन्त्री देखी पूर्वप्रधानमन्त्रीहरुसम्म (तस्विरहरु)

काठमाडौं  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आज यहाँ आयोजित सांगीतिक कार्यक्रमा सहभागी भए ।

‘कुटुम्ब ब्याण्ड’ ले आफ्ना विविध प्रस्तुति गरेको सो समारोहमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उपस्थिति रहेको थियो ।

त्यसैगरी परराष्ट्रमन्त्री विमला राई पौड्याल, पूर्वमन्त्री हिसिला यमी, सांसद, यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका भारतीय नागरिक लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा संक्षिप्त मन्तय व्यक्त गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत सांस्कृतिक रुपमा समान रहेकाले ती देशका पारम्परिक एवं लोक संस्कृति झल्किने सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved