सेयर बजार ३२ अंकले बढ्यो, ३ अर्ब ७२ करोडको कारोबार

नेपालभ्युज

सेयर बजार ३२ अंकले बढ्यो, ३ अर्ब ७२ करोडको कारोबार

काठमाडौं। मंगलबार खुलेको सेयर बजारमा ३२ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३२.७२ अंकले बढ्दै २१८२.११ अंकमा उक्लिएको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.८१ अंकले बढ्दै ४१६.०६ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी आज होटल तथा पर्यटन समूहको उपसूचक ५.१२ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको उपसूचक ५.०३ प्रतिशतले बढेको छ ।

यस्तै, फाइनान्स समूहको उपसूचक ३.६० प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.०७ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.६६ प्रतिशतले र अन्य समुहको उपसूचक २.८५ प्रतिशतले बढेको छ ।

आज बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२९ प्रतिशत) ले घट्न पुगेको छ ।

३२ अंकमाथिले नेप्से बढेको यस दिन कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved