बागमती प्रदेशसभा : उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

नेपालभ्युज

बागमती प्रदेशसभा : उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी   छन् । आज प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट उम्मेदवार बनेकी गीता काफ्लेलाई पराजित गर्दै चापागाईं उपसभामुख पदमा निर्वाचित भएकी हुन् ।

सोमबारको प्रदेशसभामा एक सय १० सदस्य रहेकोमा एक सय आठजना सदस्य बैठकमा उपस्थित  भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । बैठकमा उपस्थित मध्ये ६१ ले प्रस्तावको पक्षमा मत खसाले। विपक्षमा ३९ र दिन्न भन्ने पक्षमा सात मत पर्‍यो । चापागाईंको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved