विमान दुर्घटना अपडेट : हालसम्म ६५ जनाको शव भेटियो

नेपालभ्युज

विमान दुर्घटना अपडेट : हालसम्म ६५ जनाको शव भेटियो

काठमाडौं। पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा अहिलेसम्म ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट उद्धार जारी रहँदा  ६५ शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिएका छन् ।

एउटा शव खोंचमा अल्झिएको अवस्थामा देखिए पनि निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

२ जनाको जीवितै उद्दार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । शव राखिएको गण्डकी अस्पतालमा दिवङ्गत यात्रुका परिवारजनको भीड लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved