मंगलबार नेप्सेमा २१.३४ अंकको उच्च गिरावट

नेपालभ्युज

मंगलबार नेप्सेमा २१.३४ अंकको उच्च गिरावट

काठमाडौं। सेयर बजारमा  २१.३४ अंकले गिरावट भएर बन्द भएको छ ।  मंगलबार बजार परिसूचक नेप्से ९९.४२ अंकको उतारचढाव हुँदा कारोबार रकम पनि बढेर साढे ७ अर्ब नाघेको छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा वृद्धिका बाबजुद अधिकांश उपसूचकमा घट्दा नेप्सेमा पनि गिरावट भएको छ ।

बैंकिङ उपसूचक ०.६० प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ४.३१ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ३.४१ प्रतिशतले गिरावट भएको छ ।

गत बिहीबार, आइतबार र सोमबार लगातार ३ कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार कारोबार रकम बढेर साढे ७ अर्ब नाघेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved