नेपाल टी–२० लिग : काठमाडौंलाई हराउँदै विराटनगर क्वालिफायरमा

यससँगै लिगमा काठमाडौंको यात्रा समाप्त भएको छ। मङ्गलबार हुने दोस्रो क्वालिफायरमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।विजेताले बुधबार हुने फाइनलमा लुम्बिनी अलस्टार्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालभ्युज

नेपाल टी–२० लिग : काठमाडौंलाई हराउँदै विराटनगर क्वालिफायरमा

काठमाडौं। विराटनगर सुपर किङ्स नेपाल टी–२० लिगको क्वालिफायरमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको एलिमिनेटरमा विराटनगरले काठमाडौं नाइट्सलाई ९९ रनले पराजित गरेको हो।

यससँगै लिगमा काठमाडौंको यात्रा समाप्त भएको छ। मङ्गलबार हुने दोस्रो क्वालिफायरमा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । विजेताले बुधबार हुने फाइनलमा लुम्बिनी अलस्टार्ससँग प्रतिस्पर्धा गर्नेछ।

१८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२ ओभर ४ बलमा ८३ रनमा अलआउट भयो । काठमाडौंका लागि अविनाश बोहराले अविजित १६ र कप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडे। विराटनगरको लागि सूर्य तामाङले ४, शाहब आलम र कियोन जोसफले २–२ तथा हुसेन तलतले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो। कप्तान रोहित कुमार पौडेलले ६१ र विवेक यादवले अविजित ४६ रन जोडे।

काठमाडौंका लागि अनिल खरेल र कमलसिंह ऐरीले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved