जनकपुर। जनता समाजवादी पार्टी (जसपा)को मधेस प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेकोबारे जानकारी दिए।
चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिएनन्। उनले सरोजकुमार यादवलाई समर्थन गरेका छन्।
संसदीय दलका नेताका उम्मेदवारमध्ये राउतले पाँच वर्ष मुख्य चलाइसकेका छन् यादव पनि पाँच वर्ष सभामुखको भूमिका निर्वाह गरिसकेका छन् ।
कुनै बेला राजपामा राजेन्द्र महतोका प्रिय पात्रको रूपमा चिनिएको यादव राजपाबाटै सभामुख बने पनि र जसपा फुट्दा महतोको लोसपा छोडेर जसपातर्फ लागेपछि उनको सभामुख पद जोगिएको थियो । आज साँझ ५ देखि ६ बजेसम्म चुनाव हुने र साढे ६ बजे जसपाले नेता पाउनेछ ।
जसपाका १६ प्रदेशसभा सदस्य छन् । जो संसदीय दलको नेता चुनिन्छ, उही मधेस प्रदेशको मुख्यमन्त्री बन्नेछन् ।
मधेस प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच भएको छ । यो सहमतिअनुसार पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्नेछ ।
Facebook Comment
Comment