नेपाल आएलगतै चिनियाँ राजदूतको नेपाली भाषामा ट्वीट ‘चीन–नेपाल मित्रता अमर रहोस्’

तेस्रो ट्वीट उनले नेपाली भाषामा गरेका छन्, जसमा लेखेका छन् ‘‘हिमाल वारपार चीन–नेपाल सम्बन्ध अमर रहोस्।’’

नेपालभ्युज

नेपाल आएलगतै चिनियाँ राजदूतको नेपाली भाषामा ट्वीट ‘चीन–नेपाल मित्रता अमर रहोस्’

काठमाडौं। आजै मात्र काठमाडौं आइपुगे नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले तीनवटा ट्वीट गरेका छन्। निवर्तमान राजदूत होउ यान्छीको ठाउँमा आएका चेनले नेपाल आएलगतै लगातार नेपालबारे तीन वटा ट्वीट गरेका हुन्।

सुरुमा आफ्नो फोटोसहितको ट्वीटमा उनले २२ औँ चिनियाँ राजदूतका रूपमा नेपाल आएर सेवा गर्न पाउनुलाई सौभाग्य भनेका छन्। उनले लेखेका छन् ‘‘आज काठमाडौं आइपुग्दा म यहाँको शानदार सुन्दरता र फरक संस्कृतिबाट चकित भएँ । र, यहाँका मानिसको स्नेह र उत्साहबाट प्रभावित भएँ।’’

त्यसपछि चेनले अर्को ट्वीटमार्फत आफू नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान नेपाली मित्रहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

तेस्रो ट्वीट उनले नेपाली भाषामा गरेका छन्, जसमा लेखेका छन् ‘‘हिमाल वारपार चीन–नेपाल सम्बन्ध अमर रहोस्।’’

यसअघि उनले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागको उपमहानिर्देशकका रूपमा नेपालसहित दक्षिण एसियाली मुलुकका मामिला हेरिरहेका थिए। उनले आजैबाट नेपालको लागि राजदूतको जिम्मेवारी सम्हालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved