काठमाडौं। यो साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ११४ अंकको वृद्धि आएको छ । गत साता २०२९ अंकमा बन्द भएको नेप्से १०० भन्दा बढी अंकको सुधार आएसँगै २१४३ अंकमा पुगेर रोकिएको हो । यो नेप्सेमा एक सातामा आएको साढे ५ प्रतिशतको वृद्धि हो ।
साताभरमा ५ दिन कारोबार भएको नेप्से ४ दिन बढेको थियो । मंगलबार भने सामान्य अंकले घटेको नेप्से त्यसबाहेका दिनमा उच्च अंकको वृद्धि देखिएको थियो । अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ताको मनोबल वृद्धि भएको र सेयर बजार बढेको लगानीकर्ताहरू बताउँछन् ।
नेप्से परिसूचक बढेसँगै यो साता कारोबार रकम पनि बढेको छ । गत सातामा १३ अर्ब ७५ करोड रुपैयाँको सेयर खरिद बिक्री भएकामा यो साता १९ अर्ब रुपैयाँको कारोबार भएको छ ।
यो गत साताको भन्दा ५ अर्ब २५ करोडले बढी हो । नेप्से सूचक र कारोबार रकम समेत बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ । यो साता नेप्सेको पूँजीकरण ३१ खर्ब नाघेको छ । साताभरमा १ खर्ब ६७ अर्बले बढेसँगै कूल पूँजीकरण ३१ खर्ब पुगेको हो ।
Facebook Comment
Comment