‘ए’ डिभिजन लिग : १४ वटै क्लबको नाम दर्ता

नेपालभ्युज

‘ए’ डिभिजन लिग : १४ वटै क्लबको नाम दर्ता

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १४ वटै क्लबले नाम दर्ता गराएका छन्।

शुत्रबार अखिल नेपाल फुटबल संघ एन्फाले सबै १४ क्लबले प्रतियोगिताको लागि नाम दर्ता गरेको जनाएको हो।

सातदोबाटो युथ क्लब, खुमलटार युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले लिगको लागि नाम दर्ता गरायो। यससँगै ३ वटै क्लबले लिग तयारीबापत्‌को पहिलो किस्ता १५ लाख रुपैयाँ पनि प्राप्त गरिसकेका छन्।

एन्फाले क्लब दर्ताको अन्तिम मिति आज शुक्रबारसम्म तोकेको थियो। बिहीबार एन्फाले ११ टोलीले नाम दर्ता गरेको जनाएको थियो।

एन्फाले लिग तयारीको लागि सबै क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved