गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धि रिटमा आज छलफल हुँदै

नेपालभ्युज

गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धि रिटमा आज छलफल हुँदै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज शुक्रबार छलफल हुँदैछ ।

लामिछाने सांसद हुनसमेत अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर भएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

नागरिकता विवादसँग जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाइएको भन्दै प्रश्न उठेको छ । लामिछानेले आफूमाथि भइरहेको छानबिनमा कुनै हस्तक्षेप नहुने प्रष्ट्याइसकेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved