काठमाडौं । हेटौँडा उपमहानगरपालिका १७ सालक पार्कमा अमेरिकी डलर देखाएर ठगी गर्ने चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीवार पत्रकार सम्मेलन गर्दै पक्राउ गरेका व्यक्ति, डलर र मोटरसाइकल सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे ३ बस्ने २१ वर्षीय सोमबहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, ४ नम्बरका २८ वर्षीय शेरबहादुर तामाङ, त्रिपुरा गाउँपालिका ३ बस्ने २८ वर्षीय देवा डुम्जुन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार तीन वटा मोटरसाइकल, एक हजार सात सय ४१ अमेरिकी डलर र छ हजार दुई सय १० नेपाली रुपैयाँसहित चार जनालाई पक्राउ गरिएको हो ।
यस्तै उनिहरुको साथबाट कागजको नक्कली नोट आठ बन्डल, गुलेली तीन थान, मट्याङग्रा (साना ढुङ्गा), मोबाइल पाँच थान र मोटरसाइकलको बिलबुक दुई थान बरामद गरिएको छ ।
Facebook Comment
Comment