सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि आह्वान, पुस २७ सम्म दाबी पेश गर्नुपर्ने

नेपालभ्युज

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि आह्वान, पुस २७ सम्म दाबी पेश गर्नुपर्ने

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले नयाँ सरकार बनाउनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रमुख जोशीले मुख्यमन्त्रीमा दाबी पेश गर्न २७ पुसको साँझ ५ बजेसम्म समय दिएका छन् ।

संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन ।

५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ जनाको समर्थन चाहिन्छ । ठूलो दल नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved